भोलिदेखि भरि ग्यास प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्रीवितरण गर्ने

काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले भोलि बुधबारदेखि भरि सिलिन्डर अर्थात् १४.२ केजी ग्यास उपलब्ध हुने जनाएको छ ।

निगमले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम अर्को निर्णय नभएसम्मका लागि भरि सिलिन्डर ग्यास उपलब्ध गराउने निर्णय भएको जनाएको हो ।

निगमले भरि ग्यास प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको पनि जनाएको छ ।

साथै, निगमले हाल इन्डियन आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको हुँदा आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्ता वर्गलाई आग्रह गरेको छ ।