मदन भण्डारी कलेजमा भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता

काठमाण्डौ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी मेमोरियल कलेजमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीहरूमा निहित साहित्यिक प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजित यस प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा विद्यालय र कलेज दुवै तहका विजेताहरू :

मदन भण्डारी मेमोरियल सेकेन्डरी स्कुलतर्फ

प्रथम : राजीव पाण्डे

द्वितीय : प्रतिमा कार्की

तृतीय : प्रणय डंगोल

मदन भण्डारी मेमोरियल कलेजतर्फ

प्रथम : विवेक पंगेनी

द्वितीय : आज्ञा खतिवडा

तृतीय : दीपिका मण्डल

सहायक क्याप्स प्रमुख (शैक्षिक) प्रज्वलमान श्रेष्ठले सम्पूर्ण विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो । साथै, प्रतियोगितामा सहभागी अन्य सम्पूर्ण विद्यार्थीहरूलाई आगामी दिनमा पनि यस्तै सिर्जनात्मक तथा साहित्यिक गतिविधिहरूमा सक्रिय सहभागिताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सहायक क्यामपस प्रमुख (प्रशासन) डा.तारा प्रसाद गौतम, मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल न्यौपाने, विभिन्न संकायका प्रमुख, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।