मुस्ताङमा अमेरिकी सेनासँग युरेनियम उत्खनन् गर्ने सम्झौता भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम उत्खनन् गर्न अमेरिकी सेनासँग सम्झौता नभएको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रियसभामा मन्त्रालयगत प्रश्नोत्तरका क्रममा उहाँले सो कुरा स्पष्ट पार्नुभएको हो ।

केही डिजिटल मिडियाले आधारहिन दाबी गरेकोमा सरकारको सम्बन्धित निकायले खण्डन समेत गरेको उहाँले जानकारी दिनुभयो ।

अत्यन्त प्रारम्भिक अध्ययनहरूले मुस्ताङमा खानी हुनसक्ने सम्भावनाप्रति इंगित गरेको विषयमा थप अध्ययन र अन्वेषणको आवश्यकता रहेको उहाँ खाँचो औँल्याउनुभयो । खानी विभागले यस विषयमा आवश्यक कदमहरू चाल्ने परराष्ट्रमन्त्री खनालले बताउनुभयो ।