प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै
काठमाण्डौ । आज आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको हो ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय भएको छ ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले दिएको जानकारीअनुसार, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछन् ।
त्यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री पुनले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।
महासचिव पाण्डेयका अनुसार आजको बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने र निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूची पनि छ ।
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस, निर्णयार्थ प्रस्तुत हुने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
सभामुखले प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

