मनिष झाले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आफू महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।
महाधिवेशनस्थलमा पत्रकारसँग उहाँले महामन्त्रीमा उम्मेदवारी दिने बताउनुभएको छ । झा हाल कुनै पनि लाभको पदमा छैनन् ।
हिजोबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै छ । भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ ।

