सुन आज तोलामा ६०० रुपैयाँले बढ्यो
काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो ।
यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको थियो । शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज आइतबार बढेर तोलाको २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।
शुक्रबार चाँदीको भाउ तोलामा ३०५ रुपैयाँले घटेको थियो । शुक्रबार तोलाको ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ६९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

