मदन भण्डारी कलेजको २५औँ वार्षिक साधारण सभा सम्पन्न

सुप्रिया राई, जेठ २९, काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

May be an image of dais, temple and text

आज शुक्रबार कलेजका संस्थापक सदस्य, सञ्चालक समिति, व्यवस्थापन समिति सदस्य, प्राध्यापक, कर्मचारी, अभिभावक तथा विद्यार्थी प्रतिनिधिहरूको उपस्थितिमा कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको शुभारम्भ पूर्वराष्ट्रपति तथा प्रमुख अतिथि विद्यादेवी भण्डारीले पानसमा दियो बालेर गर्नुभएको थियो । कलेजले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व र गुणस्तरीय उच्च शिक्षाप्रतिको निरन्तर प्रतिवद्धताको गौरवपूर्ण इतिहास बोकेको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले वि.सं. २०५८ भाद्र ७ गते रातोपुलको सामान्य टहराबाट सुरु भएको कलेज आज बानेश्वर, विनायकनगरस्थित सुविधासम्पन्न शैक्षिक केन्द्रसम्म आइपुगेको उल्लेख गर्नुभयो ।

May be an image of dais and text

पूर्वराष्ट्रपति भण्डारीका अनुसार यो यात्रा केवल भौतिक विस्तार नभई सामुदायिक विश्वास, शैक्षिक उन्नति, वैचारिक निष्ठा, संस्थागत संघर्ष र सामाजिक उत्तरदायित्वको ऐतिहासिक यात्रा हो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले मदन भण्डारी मेमोरियल कलेज सेवामुखी संस्था भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । उहाँले कलेजले विद्यार्थीलाई नैतिक शिक्षा, अनुसन्धान, सिर्जनशीलता र नवप्रवर्तनमा आधारित शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

बागमती प्रदेश सभा सदस्य तथा विशिष्ट अतिथि दिपेन्द्र श्रेष्ठले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कलेजको शैक्षिक विकास र प्रगतिका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले गुणस्तरीय शिक्षासँगै समावेशी पहुँच, प्राज्ञिक वातावरण निर्माण र अनुसन्धानमुखी अभ्यासलाई कलेजले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । कलेजका शैक्षिक अभ्यासहरू व्यावहारिक, वैज्ञानिक, प्रविधिमैत्री र सामाजिक उत्तरदायित्वमा आधारित रहेको उहाँको भनाइ थियो ।

कलेजले जननेता मदन भण्डारीको शिक्षा सम्बन्धी दृष्टिकोण र ‘जबज’ को मार्गदर्शनलाई संस्थागत अभ्यासमा आत्मसाथ गर्दै आएको प्रमुख डा. अधिकारीले उल्लेख गर्नुभयो ।

May be an image of one or more people, dais and text

May be an image of one or more people and dais

May be an image of one or more people, people studying and dais

सभामा प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल तथा सुझाव आदान–प्रदान गरिएको थियो । कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी विकास, अनुसन्धान, व्यवस्थापन तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।

कार्यक्रमको सञ्चालन शैक्षिकतर्फका सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले गर्नुभएको थियो । २५औँ वार्षिक साधारण सभाले कलेजको विगतको समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षा, अनुसन्धान र विद्यार्थी केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

May be an image of one or more people and dais

May be an image of one or more people, people studying and dais

कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्यहरू, सहायक क्याम्पस प्रमुख तारा प्रसाद गौतम (प्रशासन), मदन भण्डारी मेमोरियल माविका प्रिन्सिपल कमल न्यौपाने, विभिन्न संकायका विभागीय प्रमुखलगायत, अन्य पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति थियो ।