यी हुन् मन्त्रिपरिषद्का ४ निर्णय

काठमाण्डौ । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनु भयो ।

बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै निजामती सेवा ९सोह्रौँ संशोधन० नियमावली २०८१ स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय गरिएको छ । प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने प्रवक्ताले बताउनु भयो ।