विश्व वातावरण दिवस : मदन भण्डारी कलेजद्वारा वृक्षारोपण कार्यक्रम

काठमाण्डौ । विश्व वातावरण दिवसको अवसर पारेर मदन भण्डारी मेमोरियल कलेजले काठमाडौँको गोकर्णेश्वर-४, जगडोलस्थित शहीद पार्कमा एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

May be an image of text that says 'मदन भणडारी मेमोरियल कलेज त्रिभृवत विस्वविव्यालय्वाट सम्बन्धन प्राप्त विश्वविालय अनुदात आवोग बैपालवाट गुणस्तर प्रत्यायनकत, (२੦੮৭) जलवायु सइ्कट र समाधानहरू विश्व वृक्षारोपण वातावरण दिवस कार्यक्रम मिति २०८३ जेठ २२ गते समय :बिहान O काठमाही स्थान: विहान 2 गोकर्णेश्वर-४, बजे info@mbmc.edu.np महानगरपालिका-१0 नर्याँ बानेश्वर, काठमाही mbmc.edu.np जगडोल พ@.สันแู သ် 09-99'

कार्यक्रममा बोल्दै कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले मानव जीवन र प्रकृतिबीचको अटुट सम्बन्धमा जोड दिनु भएको छ । उहाँले प्रकृतिसँगको सामिप्यता बिना मानव जीवन सार्थक हुन नसक्ने उल्लेख गर्दै वातावरण संरक्षण र हरियाली अभियानमा विद्यार्थीहरूको सक्रिय सहभागिताको महत्त्व औँल्याउनु भएको थियो ।

डा.अधिकारीले शहीद पार्कलाई केवल एक स्मृति स्थलको रूपमा मात्र नभई सामाजिक, सांस्कृतिक र राजनीतिक इतिहास अध्ययन गर्ने एक महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘जलवायु सङ्कट र समाधान’ रहेको स्मरण गराउँदै उहाँले विद्यार्थीहरूलाई समय निकालेर पार्कमा अध्ययन गर्न तथा आफूले रोपेका बिरुवाहरूको आफैँ रेखदेख गर्न आग्रह गर्नुभयो ।

विश्व वातावरण दिवस २०८३ को अवसरमा कलेजका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले शहीद पार्कमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै पार्क परिसरको सरसफाइ समेत गरेका थिए।
मदन भण्डारी मेमोरियल कलेजले विगतमा पनि यस्ता वातावरणीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

No photo description available.

No photo description available.

May be an image of text