खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना

काठमाण्डौ । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

बिरामीसहित पाँचजना यात्रु बोकेर खोटाङ पुगेको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ । घाइतेको गोडा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बाह्रखरीलाई जानकारी दिनुभयो ।