घट्यो सुनचाँदीको भाउ

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार २ सय र चाँदी १ सय ८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ रहेको थियो ।