प्रतिनिधिसभा चुनावका उम्मेदवारले खर्च विवरण बुझाउन थाले

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बनेकाहरूले आफ्नो चुनावी खर्चको विवरण बुझाउने क्रम बढ्दै गएको छ।

गत फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार र समानुपातिकतर्फ सहभागी राजनीतिक दलले चुनावी प्रचारप्रसारमा भएको खर्च सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा ९५० अनुसार उम्मेदवार तथा दलले प्रचारप्रसारमा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्छ।

चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गर्दै उम्मेदवार र राजनीतिक दललाई यस्तो विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा सहभागी उम्मेदवार र राजनीतिक दललाई चुनावी प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न भनिसकेको छ। प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचाअनुसार खर्च विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ।

निर्धारित समयभित्र खर्च विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाण आयोगलाई नदिने उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन ९कसूर तथा सजाय० ऐनअनुसार कारबाही हुन सक्ने भएकाले उनीहरूले खर्च विवरण बुझाउन थालेका छन्।

यसअघि नै केही उम्मेदवार र राजनीतिक दलले आफ्नो खर्च विवरण सार्वजनिक गरिसकेका छन्।