इनिशालाई न्याय माग्दै विद्यार्थीहरू आन्दोलित

काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरस्थित इनिशा विक अध्ययन गर्ने विद्यालय उषा बालबाटिकाका विद्यार्थी न्यायको माग गर्दै आन्दोलित बनेका छन् ।
उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गर्दै विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा धर्ना दिएका छन् ।

विद्यार्थीहरूले इनिशाको हत्या भएको दाबी गर्दै सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले केही समय विद्यालयअगाडि धर्ना दिएका थिए । उनीहरूले घटनामा संलग्न जोकोही भए पनि कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेका छन् ।

647534747_2025584364686397_255068216618903285_n-1773385736.jpg

२३ फागुनमा वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा इनिशा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो । उनको पोष्टमार्टम रिपोर्टमा शारीरिक सम्बन्धपछि अत्याधिक रत्तश्रावका कारण मृत्यु भएको भनिएको छ ।

घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेको र रक्तश्रावपछि अचेत भएको बयान प्रहरीसमक्ष दिएका छन् ।

इनिशाको मृत्युपछि नागरिक समाज र अधिकारकर्मीहरूले न्यायको आवाज उठाइरहेका छन् ।

648845314_911056361549530_7218935742148171432_n-1773385735.jpg