एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुर गट्ठाघरको अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार उमेरजन्य स्वास्थ्य समस्याका कारण उहाँ अस्वस्थ हुनुहुन्थ्यो र केही दिनयता उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।