सुनको मुल्य २ हजार रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको मुल्य २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्ताको पहिलो दिन आइतबार सुनको मुल्य तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको मुल्य ३ हजार ७०० ले घटेकोमा हिजो ३ हजार ८०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको मुल्य भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै आज पनि तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।