राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण सम्पन्न
काठमाण्डौ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले नवनिर्वाचित सदस्यहरूलाई सपथ गराउनुभएको हो ।
राष्ट्रिय सभाका १८ सदस्यका लागि गएको माघ ११ गते निर्वाचन भएको थियो । निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित हुनुभएको थियो ।
मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल निर्वाचित हुनुभएको थियो ।
त्यस्तै गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित हुनुभएको थियो ।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ शाही तथा सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित हुनुभएको हो ।
फागुन २० गतेदेखि १९ जना सदस्यको कार्यकाल सकिएकोमा एक जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ ।

