मुगुमा कांग्रेस समानुपातिकमा पहिलो दल बन्यो

मुगु । मुगुमा प्रत्यक्ष तर्फको निर्वाचनमा जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमराज खनियाले समानुपातिकमा कुल खसेको मत मध्य कांग्रेसले ७ हजार २ सय ७१, नेकपा एमालेले ६ हजार ४१, नेपाली कम्युनिस्ट पाटिले ४ हजार ६ सय ५० र राष्ट्रिय स्वतन्त्र पाटिले २ हजार १ सय १० मत प्राप्त गरेका छन ।

त्यस्तै, गरि राप्रपाले ४ सय ५८, जनता समाजवादी पार्टी नेपाल १ सय ४६,जनमत पार्टी २७, मजदुर किसान पार्टी २, राष्ट्रिय जनमोर्चा ५, प्रगतिशिल लोकतान्त्रिक पार्टी ५१,नेपाल लोकतान्त्रिक पाटी ५,मङोल नेसनल पार्टी १,वहुजन शक्ति पार्टी २,नेपाल सदभावना पार्टी १ र नेपाल जनता संरक्षण पार्टीले २२ मत पाएका छन ।

समानुपातिकतर्फ कूल २२ हजार ३ सय १८ मत खसेकोमा २१ हजार ६ सय १२ मत सदर र ७ सय ६ मत बदर भएको थियो । मुगुमा कुल मतदाता ३६ हजार ३१ जना रहेका थिए । आइतबार सम्पन्न प्रत्यक्ष तर्फको मतगणनामा कांग्रेसका उम्मेदवार खडक शाहिले ७ हजार ९ सय १४ मत ल्याउँदै विजयी हुनु भएको थियो ।

उहाँको निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले ६ हजार ७ सय १८ मत प्राप्त गर्नु भएको थियो ।