ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरले विजयी

काठमाण्डौ । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल विजयी हुनुभएको छ । १३ हजार ९५३ मतसहित उहाँ निर्वाचित हुनुभएको हो।

नेपाली कांग्रेसका कुमार लुईटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर भने ५ मात्रै रहेको छ ।

पोखरेल नेपाल प्रहरीका पूर्व एआइजी हुनुहुन्छ। औपचारिक घोषणा हुने भने बाँकी छ ।