समानुपातिकतर्फ रास्वपाले कटायाे १० लाख मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ ।

समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो ।

त्यस्तै नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७ सय ३२, नेकपा एमालेले २ लाख ६९ हजार ७० र नेकपाले १ लाख १८ हजार ९ सय २० मत पाएको छ ।

राप्रपाले ७३ हजार १ सय ८१, श्रम संस्कृति पार्टीले ४२ हजार ७ सय ८७ मत पाउँदा राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६ सय २४ मत पाएका छन् ।

यस्तै जनता समाजवादी पार्टी नेपालले १३ हजार ६ सय ८९, नेपाल मजदुर किसान पार्टीले ९ हजार ७ सय ५८, राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ हजार १ सय २१, जनमत पार्टीले ८ हजार ६ सय ३, नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ८ सय ८४, राष्ट्रिय जनमोर्चाले ५ हजार ५ सय ५० र राष्ट्र निर्माण दल नेपालले ५ हजार ५ सय २५ मत पाएका छन् ।