अछाम १ मा कांग्रेसका भरतकुमार स्वार विजयी, भीम रावल पराजीत
काठमाण्डौ । अछाम १ बाट नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् । उनले १० हजार ७ सय ५९ मत प्राप्त गर्दै जीत हात पार्नुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका भीम रावलले १० हजार २ सय ३३ मत प्राप्त गर्नुभयो।
मतगणना सुरू भएदेखि नै स्वार र रावलबीच कडा प्रतिस्पर्धा भएको थियो। तर मतगणनाको अन्तिम परिणाममा स्वारले रावललाई पराजित गर्नुभएको हो ।
अछाम १ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउदले ७ हजार ३ सय ८९ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १ हजार ७ सय ३९ मत प्रापत गर्नुभएको छ ।

