चुनाव अपडेट : रुपन्देही–३ मा लेखजङ्ग थापा विजयी, ललितपुर–१ मा बुद्धरत्न महर्जनको जित

काठमाण्डौ । रुपन्देही –३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) उम्मेदवार डा। लेखजङ्ग थापा ५८ हजार ८ हजार १४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, ललितपुर क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जन २३ हजार ३ सय ७३ मतका साथ विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८ सय ५३ मतले पछि पार्दै जीत हासिल गर्नुभएको हो ।

प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५ सय २० मत प्राप्त गर्नुभएको छ । त्यस्तै ६ हजार ५ सय ४६ मत प्राप्त गरी नेकपा ९एमाले०का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गर्नुभएको छ ।

यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७ सय ३७ मतदाता रहेकामा ५२ हजार ६ सय ३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बन्नुभएको थियो ।