म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
काठमाण्डौ । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा। महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ । २२ हजार ८ सय ५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८ सय ८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५ सय २९ मत प्राप्त गर्नुभएको छ । म्याग्दीमा ८६ हजार ३ सय ९७ जना मतदाता रहेकोमा ४६ हजार २ सय १५ मत खसेको थियो ।

