
अमेरिकी राष्ट्रपति ट्रम्पका दूत स्टिभ र रुसी राष्ट्रपति पुटिनबीच वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा उहाँका दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ ।
उहाँहरुबीच युक्रेनसँगको युद्ध विराम सम्झौता अघि बढाउने विषयमा चार घण्टा लामो छलफल भएको बीबीसीले जनाएको छ ।
भेट वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुसी समकक्षी पुटिन युद्ध विरामका लागि सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।
यस्तै पुटिनका दूत किरिल डिमिट्रिभले विटकोफ र पुटिनबीच यस वर्ष तेस्रो पटक भएको वार्ता उपलब्धि मूलक भएको बताउनुभयो ।
यसअघि युक्रेनमा पछिल्लो समय रुसले जारी राखेको युद्धका कारण हजारौं जनाको ज्यान गइरहेको भन्दै ट्रम्पले रुससँग आक्रोश पोख्नुभएको थियो ।
रुसलाई वार्ताका लागि थप दबाब दिने उद्देश्यले युरोपेली देशले पनि युक्रेनमा २४ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोगको घोषणा गरेका थिए ।
युरोपको रक्षा मन्त्रीले युद्ध सकिने कुनै सम्भावना नदेखेकाले युक्रेनलाई सहयोग गर्नु आवश्यक रहेको बताउनु भएको खबरमा उल्लेख छ ।
अमेरिकाको मध्यस्ततामा रुस युक्रेन युद्धविरामका लागि युक्रेन तयार रहे पनि रुसले विभिन्न शर्त राखेर सम्झौता गर्न आलटाल गरिरहेका छ ।