मदन भण्डारी कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ

बिष्णु खनाल, काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजका उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका छन् ।

आज (बिहीबार) कलेजको अत्याधुनिक अडिटोरियम हलमा बिदाइ समारोहको आयोजना गरी कक्षा ११ का विद्यार्थीहरूले १२ कक्षाका विद्यार्थीहरूलाई थप शैक्षिक भविष्यको कामना गदै बिदाइ गरेका हुन् ।

औपचारिक र अनौपचारिक गरी दुई खण्डमा सञ्चालित उक्त कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि एवम् मदन भण्डारी मेमोरियल स्कुल व्यवस्थापन समितिका अध्यक्ष डेगेन्द्र पाण्डेले मदन भण्डारीको तस्बिरमा माला अपर्णगरी गर्नुभएको थियो ।

कक्षा ११ का विद्यार्थी नारायण अधिकारीको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा अध्यक्ष डेगेन्द्र पाण्डे, क्याम्पस प्रमुख डा. बाबुराम अधिकारी, विद्यालयका प्रिन्सिपल कमल न्यौपानेले कक्षा १२ का विद्यार्थीहरूलाई शुभकामना दिनुभयो ।

अध्यक्ष डेगेन्द्र पाण्डेले कक्षा १२ का विद्यार्थीहरुद्वारालाई आउँदै गरेको परिक्षाको लागिशुभकामना दिनुभयो । साथै सम्पूर्ण कलेज परिवार र अभिभावकको गौरव बढाउने कार्य गर्न विद्यार्थीहरूलाई असल कामप्रति प्रोत्साहन गर्नुभयो ।

पाण्डेले विद्यार्थीहरूलाई आफ्नो विद्यार्थी जीवनको कदर गर्न र माध्यमिक तह पूरा गरेपछि के बन्ने ? के पढ्ने ? भन्ने योजना बेलैमा बुन्न आग्रह गर्नुभयो । त्यसो गरेमा अगामी शैक्षिक सत्र सफल हुने उहाँको जोड छ । सिक्ने र सिकाउने कुरामा पछाडि नहट्न तथा पढाइसंगै व्यक्तिगत आचरणलाई पनि सुधार गर्न महत्त्वपूर्ण कार्यकारुपमा लिन उहाँले आग्रह गर्नुभयो ।

क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले कक्षा १२ का विद्यार्थीहरूलाई सफलताको कामना गर्दै विद्यार्थीहरूको आवश्यकता अनुसारको शिक्षा, सुविधा र वातावरण निर्माण गर्न हरक्षण तयार रहेकाले उच्च क्षिक्षाको लागि अन्त जान नपर्ने बताउनुुभयो ।

साथै उहाँले १२ कक्षाको परीक्षा समापन भएपछि विद्यार्थीहरूलाई कलेजले निः शुल्करुपमा विभिन्न सिपमूलक तालिम प्रदान गरिने पनि बताउनुभयो । साथै उहाँले विद्यार्थीहरूलाई उच्चशिक्षा अध्ययनकोलागि विद्यार्थीहरूलाई परामर्श पनि दिने प्रतिबद्धता जनाउनुभयो ।

मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल कमल न्यौपानेले कलेजले विद्यार्थीहरूको नेतृत्व विकास र व्यक्तित्व विकासमा विशेष ध्यान दिएकोले विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो । साथै परीक्षामा राम्रो जिपिए ल्याउन विद्यार्थीहरूलाई शुभकामना दिनुभयो ।

मदन भण्डारी कलेजले अनुशासनलाई केन्द्रमा राखेर अघि बढेको बताउँदै अनुशासित वातावरणमै सम्पूर्ण पठनपाठन केन्द्रित रहेको बताउँदै माध्यमिकदेखि स्नातकोत्तर तहसम्मका विभिन्न विषयमा कलेजमै पढाई हुने भएकाले उच्च शिक्षा पनि कलेजमै पढ्नको लागि विद्यार्थीहरूलाई प्रोत्सानगर्नु भयो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख द्वय तारा प्रसाद गौतम (प्रशासनिक) तथा प्रज्वल मान श्रेष्ठ (शैक्षिक), शिक्षक, कर्मचारी लगाएको उपस्थित रहेको थियो ।

बिदाइ कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले प्रतिनिधिमूलक मन्तव्य राखेका थिए । उनीहरूले मदन भण्डारी मेमोरियल कलेजमा अध्ययन गर्न पाउँदा खुसी व्यक्त गरे । त्यस्तै अनौपचारिक खण्डमा सहभागी विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गायन, कविता, तथा आफ्ना प्रतिभाहरू प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।