
रजक र महर्जनको परिवारलाई १०-१० लाख रुपैयाँ दिने सरकारको निर्णय
काठमाण्डौ । सरकारले गत शुक्रबारको राजावादी प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट राहत स्वरुप सो रकम दिने निर्णय भएको मन्त्रालयका सूचना अधिकृत रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।
शुक्रबार पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । दुवैको शवको पोस्टमार्टम भइसकेको छ । महर्जनलाई गोली लागेको थियो भने रजक जलेको थियो ।