पत्रकार रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई भाटभटेनीले तीनलाख सहयोग गर्ने

काठमाण्डौ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले तीनकुने घटनामा मृत्यु भएका एभिन्युज टीभीका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।

उहाँले आज बिहान कोटेश्वर भाटभटेनी परिसरमा एक कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन् । रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने बताउनुभयो ।

उहाँले चैत १५ गते भएको प्रदर्शनका बेला भाटभटेनी सुपरमार्केटे्सको कोटेश्वर स्टोर्समा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आज भएको कार्यक्रममा भाटभटेनीले तोडफोडका बेलामा उच्छृङ्खल गतिविधि रोक्ने सुरक्षा गार्ड, निर्माण कार्यमा संलग्न कर्मचारीलगायतले नगदसहित सम्मान गरेको छ ।