सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौती : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको बताउनुभयो । उहाँले प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भूमिका महत्वपूण रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको भन्दै रोडियो नेपालको साढे सात दशक लामो प्रशारण यात्राले फड्को मारी विभिन्न जातजाती र भाषाभाषीको आवाज बन्न सकेको बताउनुभयो । मुलुकमा लोकतन्त्रको स्थापनापछि सञ्चारमाध्यमको विकासले गति लिएको भन्दै उहाँले प्रभावकारी सञ्चालनका लागि चुनौति थपिएको बताउनुभयो ।

सार्वजनिक प्रशारणको मर्म, भावना र उद्देश्यअनुरुप यसले आगामी दिनमा प्रभावकारी रुपले काम गर्नुपर्ने चुनौती जनतासामु भएको बातउनुभयो । स्वतन्त्र स्वायत्त संस्थाको रुपमा सार्वजनिक प्रशारण माध्यमको विकास भएको र लोतान्त्रिक मूल्य मान्यता, स्वतन्न्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक प्रसारण सेवका सम्बन्धमा विश्वले स्वीकारेको आधारभूत मान्यतालाई आत्मसात गर्ने विश्वास लिएको जिकिर गर्नुभयो ।

राष्ट्रपति पौडेलले आफु पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता भएको समाचार र कयौँ शिक्षा, जनचेतना, मनोरञ्जनात्मक लगायतका कार्यक्रम हाम्रा श्रुतिमा मिठो सम्झना बनेर झङ्क्रित भएको र लोकतन्त्तको स्थापनासँगै मुलुकमा आमसञ्चारको विकास र बिस्तारले गति लिएको विधितै भएको र संविधानले व्यवस्था गरेको नागरिकको हक प्रत्याभुत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बातउनुभयो ।

उहाँले सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र समाचार संप्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको बताउनुभयो । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणमा अनेक माध्यम भित्रिएको छ । यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सवल बनेको छ । यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण संप्रेषणबाट जनतालाई भ्रमित हुने खतराबाट जोगाउनु जिम्मेवार सञ्चारमाध्यमको दायित्व रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेल सञ्चारमाध्यमको महत्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताउनुभयो । नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ ।