
आज सुनको मुल्य ६ सय रुपैयाँले घट्यो
काठमाण्डौ । सुनको मुल्य आज उच्च मूल्यबाट ६ सय रुपैयाँले घटेको छ । सुनको मुल्य ६ सय रुपैयाँ घटेर तोलाको १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख ७९ हजार सात सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य १५ रुपैयाँले घटेर तोलाको २ हजार २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलामा २ हजार ३५ रुपैयाँमा कायम भएको थियो ।