
विपक्षी दलको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवराेधपछि भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो ।
कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयकाे विराेध गर्दै विपक्षी दलले पुन सदन अवराेध गरेका थिए ।
विपक्षी दलका सांसदहरुले आआफ्नाे कुर्सीबाट उठेर विराेध जनाएपछि सभामुख घिमिरेले भाेलि बिहान ११ बजेसम्मकाे लागि बैठक स्थगित गरेका हुन् ।
यसअघि बिहान बैठक सुरु हुने वितिकै पनि विपक्षी दलका सांसदहरुले सदनमा उठेर विराेध जनाएका थिए । लगतै सभामुखले आधा घण्टाकाे लागि बैठक स्थगित गरेर ५ दलका सांसदहरुसँग छलफल गरेका थिए ।