सुनको मुल्य आज पनि घट्यो

काठमाण्डौ । सुनको मुल्य आज पनि घटेको छ । गएको शुक्रबार तोलामा १ हजार र हिजो ९ सय रुपैयाँले घटेको सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो ।

बिहीवार पनि सुन यही मुल्यमा कारोबार भएको थियो । शुक्रवारदेखि भने मुल्य घट्न थालेको हो । आज चाँदीको मुल्य भने यथावत् छ । चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।