
इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण
एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली आक्रमणको जवाफ दिँदै तेल अभिभमा तीनवटा रकेट आक्रमण गरेको छ ।
इजरायलले गाजामा पुनःसैन्य आक्रमण शुरू गरेपछि हमासले यो पहिलो प्रतिकारात्मक आक्रमण गरेको बताएको छ । तर इजरायलले तीनमध्ये एउटा क्षेप्यास्त्रलाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू बस्तीमा खसेको बीबीसीले जनाएको छ । क्षतिको विवरण भने खुलाइएको छैन ।
इजरायलले गएको मङ्गलवार पुनः युद्ध शुरू गरेपछि दुई सयभन्दा धेरै बालबालिकासहित कम्तीमा पाँच सय ९१ जनाको ज्यान गएको हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेना ९आईडीएफ० ले प्यालेस्टिनी क्षेत्रमा हवाइ आक्रमणपछि हिजोदेखि भूमिगत कारबाही पनि शुरू गरेको थियो । जनवरीमा इजरायल र हमासबीच युद्धविराम शुरू भएपछि आक्रमणबाट केही समय राहत मिलेको थियो । तर फेरि आक्रमण हुनथालेपछि स्थिति असामान्य बन्दै गएको देखिन्छ ।
इजरायलले अझै पनि हमासले ५९ जनालाई बन्धक बनाएको र उनीहरुमध्ये २४ जना जीवितै रहेका दाबी गरिरहेको छ ।