
मदन भण्डारी कलेजको खेलकुद सप्ताह सम्पन्न, विद्यार्थीहरुको उत्साहजनक सहभागीता
सुप्रिया राई, काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको खेलकुद सप्ताह सप्पन्न भएको छ ।
कलेजले आज बुधबार वार्षिक कार्यक्रम अन्तर्गत ४ दिने ‘खेलकुद सप्ताह २०८१’ सफलतापूर्वक सम्पन्न गरेको हो । आइतबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुब आचार्यको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताह सुरु भएको थियो ।
पठनपाठनबाहेक अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले बताउनुभयो । “खेलकुद सप्ताह सफल पार्न अहोरात्र खट्नुहुने शिक्षक साथीहरू , कर्मचारीहरू, विद्यार्थीहरू,सन्चार्कर्मी मित्रहरू , रेफ्रीहरु,सुरक्षा निकाय , उपस्थित हुनु भई हौसला प्रदान गर्नुहुने कलेज व्यवस्थापन समिति का कार्यबहाक अध्यक्ष आदरणीय रामशरण प्याकुरेल, राष्ट्रिय खेलकुद परिषद् का उपाध्यक्ष आदरणीय धुर्ब आचार्य लगायतका मित्रहरू, विभिन्न किसिमका सहयोग गर्नुहुने मारवाडी सेवा समिति, नेपाल रेडक्रस सोसाइटी, दुग्ध विकास संस्थान, मैदान उपलब्ध गराउनु हुने ल्याबरोटरी स्कुल, विद्यार्थी काउन्सिल, पूर्व विद्यार्थी सङ्घ, ओपन म्याराथन मा भाग लिनु हुने धावक हरू, वडा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्व्यमसेबक, स्काउट लगायत सम्पूर्ण मा हार्दिक आभार व्यक्त गर्दछु । भविष्यमा पनि यस्तै सहयोग र समन्वय प्राप्त हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। ” डा. बाबुराम अधिकारीले बताउनुभयो ।
अतिरिक्त क्रियाकलापका संयोजक मोहित गुँरागाइका अनुसार चैत ३ गतेदेखि ६ गतेसम्म सञ्चालित उक्त सप्ताहका विभिन्न विधामा साइन्स, म्यानेजमेन्ट, बिए, बिबिएस्, बिबिएम्, बिसिए र बिएस्सी सीएस् आइटीमा अध्ययनरत विद्यार्थीहरुले समूहगत र व्यक्तिगत तर्फबाट प्रतिस्पर्धा गरेका हुन् ।
यस वर्ष खेलकुद सप्ताहमा पहिलो पटक एमबिएमसी ५००० मिटर खुला दौड प्रतियोगिता आयोजना गरिएको थियो । जसमा महिला तर्फ पहिलो, दोश्रो र तेश्रो क्रमश; सिता गुरुङ, सर्मिला बस्नेत, गायत्री श्रेष्ठ तथा पुरुषतर्फ गणेश सिंह रावत, पवन तामाङ र पवन कुमार शाह हुनुभयो । विजेताहरुलाई ट्रफि, मेडल, सर्टिफिकेट र नगद दशहजार, पाच हजार र तीनहजार प्रदान गरिएको थियो ।
त्यस्तै, प्रतियोगीतामा समूहगततर्फ बास्केटबल, फुटबल, ब्याटमिन्टन, टेबलटेनिस, टग अफ वार र भलिबल भएको थियो । व्यक्तिगत विधातर्फ, ब्याटमिन्टन, क्यारम बोर्ड, चेस, म्याथ क्वीज रेस, म्यूजिकल चेयर, स्लो बाइसाइकल रेस र टेबलटेनिस समावेश गरिएको थियो । त्यसैगरी इ–स्पोर्टसमा क्लास रोयल र इ फुटबल समावेश गरिएको थियो ।
त्यसका अतिरिक्त फुटबल, त्रिकेट र टग अफ वार किर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा सञ्चालन गरिएको थियो भने अन्य सबै खेलहरु कलेज प्राङ्गणमा खेलाइएको थियो ।
पहिलो दिनमा विभिन्न विधामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुः
दोस्रो दिनमा विभिन्न विधामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुः
तेस्रो दिनमा विभिन्न विधामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुः
चौथौँ दिनमा विभिन्न विधामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुः