
१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक
काठमाण्डाै – १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।
भारतको अरुणाचल प्रदेशमा रहेको युपिया शहरको गोल्डेन जुब्ली स्टेडियममा आउँदो मे ९ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो ।
प्रतियोगिताको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस्तै समूह ‘बी’ मा नेपाल, भारत र श्रीलङ्का छन् । नेपालले मे ११ मा श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा मे १३ मा भारतसँग खेल्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारत खेल्नेछन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् ।