
स्ववियु निर्वाचनस् अधिकांश क्याम्पसमा मतदान जारी
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ।
बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिनुभयो। उहाँले अधिकांश क्याम्पसमा मतदान भइरहेको बताउनु भयो। उहाँका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ।
मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने अधिकारीले बताउनुभयो। त्रिविले प्रत्येक दुई दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ।
निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी०, अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन्।
स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन। एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो।
त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक २ २ वर्षमा निर्वाचन हुन थालेको हो।