सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाको १ लाख ७५ हजार रुपैयाँ नाघ्यो

काठमाण्डौ । आज सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मुल्य एकैदिन तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो । हिजो सुनको मुल्य १ लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र एक गते शुक्रबार मुल्यको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको २ हजार ४० रुपैयाँ कायम भएको थियो ।