चट्याङ लागेर १जनाको मृत्यु

धनगढी। चट्याङ लागेर आज कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीय पदम रानाको मृत्यु भएको हो। पानी पर्ने बेला राना आफ्नो घरको अगाडि आगनमा बसेको बेला चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो। आज कञ्चनपुरसहित विभिन्न स्थानमा पानी परेको थियो।

यसैगरी, स्कोरपियो अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते चालकको ज्यान गएको छ। हिजोराति स्कोरपियो दुर्घटनामा कृष्णपुर नगरपालिका–४ का सुदीप राना घाइते हुनु भएको थियो।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा रानाको मृत्यु भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको आजको बुलेटिनमा उल्लेख छ।