इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ५ वटा खेल हुँदै

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ५ वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे ४ खेल हुँदैछन् ।

यो समयमा म्यानचेस्टर सिटी र ब्राइटन, नटिङ्घम फरेस्ट र इप्स्विच टाउन, एभर्टन र वेस्ट ह्याम तथा साउथह्याम्पटन र उल्भ्सले खेल्दैछन् । त्यस्तै राति सवा ११ बजे बर्नमाउथ र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ । २८ खेलमा ५५ अङ्कसहित आर्सनल दोस्रो, ५१ अङ्क रहेको नटिङघम फरेस्ट तेस्रो, ४९ अङ्कसहित चेल्सी चौथो र ४७ अङ्क रहेको म्यानचेस्टर सिटी पाँचौं स्थानमा छ ।