तनहुँमा च्याउ खाँदा १० जना बिरामी

काठमाण्डौ । तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाएका १० जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाएका १० जना बिरामी भएका हुन् ।

बिरामी हुनेहरूमा नारायण मगरसहित व्यास नगरपालिका–६ का गुरुबहादुर पुलामी, सुरेन्द्रबहादुर पुलामी, पवित्रा मगर, तिलबहादुर थापा मगर, चक्रबहादुर पुलामी, आरती पुलामी, केशव पुलामी, सीता पुलामी र चार वर्षीय सबिन पुलामी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो बेलुका उनीहरूले च्याउ खाएका थिए । सबै बिरामीको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।