एपीएफलाई २ विकेटले हराउँदै पुलिसको लगातार तेस्रो जीत

काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २ विकेटले हराएको छ ।

एपीएफले दिएको ९५ रनको लक्ष्य पुलिसले १ सय ४२ बलअघि ८ विकेट गुमाएर भेटायो । पुलिसका कुशल भुर्तेलले ३१ रन बनाए । एपीएफका भुवन कार्कीले ३ विकेट लिए ।

यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको एपीएफ २७ ओभर ४ बलमा ९४ रनमा अलआउट भयो । एपीएफका सन्दीप जोराले सबैभन्दा धेरै २६ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।

प्रतियोगितामा पुलिसको यो लगातार तेस्रो जीत हो भने एपीएफको तीन खेलमा दोस्रो हार हो ।