सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाण्डौ । आज सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्लो कारोबार भएको दिन अस्ति बुधबार सुनको मुल्य तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन सुनको मुल्य तोलामा ४ हजार रुपैयाँले बढेको हो ।

यसअघि गएको फागुन १३ गते सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

सुनको मुल्यमा नयाँ कीर्तिमान स् तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँ पुग्यो यस हप्ताको पहिलो दिन आइतबार सुनको मुल्य तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको थियो । सुनको कारोबार भएको यस हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा ४ हजार दुई सय रुपैयाँले बढी हो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य आज ५० रुपैयाँले बढेर तोलाको २ हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।