
हुम्लामा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
काठमाण्डौ । हुम्लाबाट छिमेकी देश चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार भएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नाम्खा गाउँपालिका ६ यारीबाट ताक्लाकोट जान हिँडेका हुम्लाका ६ जना हिल्साको नारालेकको हिउँमा फसेका थिए ।
उनीहरू हिउँमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ९बीओपी० हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो ।
बीओपीबाट करिब १० किलोमिटर पूर्व दक्षिणतर्फ रहेको ठाउँबाट हिजो बेलुकी ८ बजे उनीहरूलाई उद्धार गरेर हिल्सातर्फ नै ल्याइएको थापाले जानकारी दिनुभयो ।