
तराई–मधेशमा आज होली मनाइँदै
काठमाण्डौ । रङ्गहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली ( फागुपूर्णिमा ) मनाइएको भोलिपल्ट तराईका जिल्लामा आज होली मनाउन लागिएको हो ।
आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) , नवलपरासी ( बर्दघाट सुस्तापश्चिम ), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।