पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त

एजेन्सी । पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा रेल अपहरणपछि सुरक्षा बलको अभियान समाप्त भएको जनाएको छ । सशस्त्र लडाकूहरूले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा तीन सय जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ जना लडाकू मारिएको दाबी गरेका छन् । पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही शुरू हुनु अगाडि नै रेलमा रहेका २१ सर्वसाधारण र चार जना सैनिकको ज्यान गएको थियो ।

अस्ति क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बलोच लिबरेशन आर्मी ९बीएलए० का लडाकूहरूले गोली प्रहार गर्दै अपहरण गरेका थिए । सेनाका प्रवक्ताका अनुसार आक्रमण हुँदा रेलमा चार सय ४० जना हाराहारीमा यात्रु रहेका थिए ।

बीएलए पाकिस्तानको विद्रोही सङ्गठन हो । यो समूहले बलुचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ ।