
च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा
काठमाण्डौ । युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएको खेलपछि रियल मड्रिड, आर्सनल, एस्टन भिल्ला र बोरुसिया डर्टमण्ड क्वाटरफाइनलमा पुगेका छन् ।
रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पेनाल्टीमा पराजित गर्दै क्वाटरफाइनल पुगेको छ । हिजोको खेल समग्रमा एकरएकको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा रियलले एट्लेटिकोलाई ४–२ ले हराएको हो ।
गएराति नै भएको अर्को खेलमा आर्सनल र पीएसभीले २ –२ को बराबरी खेले पनि समग्रमा ९–३ ले अघि रहेको आर्सनल अन्तिम आठमा पुगेको छ । यस्तै क्लब बर्गलाई ३–० ले हराएको एस्टन भिल्लाले समग्रमा ६–१ को अग्रताका साथ क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै बोरुसिया डर्टमण्डले लिले ओलम्पिक स्पोर्टिङ क्लबलाई समग्रमा २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यसअघि बार्यन म्युनिख, इन्टर मिलान, बार्सिलोना र पेरि सेन्ट जर्मेइन ( पीएजसी ) क्वाटरफाइनलमा पुगेका छन् ।