
वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र नामिबिया खेल्दै
काठमाण्डौ – युगान्डामा चलिरहेको वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे शुरू हुनेछ ।
शृङ्खलामा आज नेपालको चौथो खेल हो । नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले हराएको नेपाल आफ्नो तेस्रो खेलमा हङकङसँग पराजित भयो । नेपालले भोलि घरेलु टोली युगान्डा र पर्सि हङकङसँग खेल्नेछ ।
नेपाल, युगान्डा, नामिबिया र हङकङ सम्मिलित प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।