
न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैन स् न्यायाधीश मल्ल
काठमाण्डौ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताउनुभएको छ ।
आज ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
न्यायाधीश मल्लले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताउनुभयो । उहाँले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको बताउनुभयो । उहाँले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले न्यायालयमा पनि महिलाको उपस्थिति बाक्लो रहेको बताउनु भयो । उहाँले कर्मचारी, सुरक्षा, वकील लगायत न्याय क्षेत्रको पत्रकारितामा पनि माहिलाहरुकै नेतृत्व रहेको देख्दा खुशी लागेको बताउनुभयो ।
महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त नभएको उहाँले बातउनुभयो। निर्णायक तहमा महिलाको उपस्थिति कम भएको उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउनेमा प्रश्न गर्नुभयो । पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्को महिलालाई स्थापित पनि गर्नुपरेको बताउनुभयो । न्यायाधीश मल्लले स्वच्छ र समानतामुलक न्याय आजको आवश्यकता भएको बताउनुभयो ।