सुनको मुल्य ३ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ । सुनको मुल्य ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको मुल्य लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य ३५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।