
दुधौलीका विद्यार्थीका लागि शिक्षण सिकाई कार्यक्रम, नतिजा सुधार हुनेमा नगरप्रमुखको विश्वास
काठमाण्डौ । दुधौली नगरपालिकाका एसईई दिने विद्यार्थीहरुका लागि एक दिने शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गरिएको छ ।
बुधबार दुधौली नगरपालिका वडा नम्बर २ स्थित श्री नमुना माध्यमिक विद्यालय भलुवाही, श्री नमुना माध्यामिक विद्यालय भलुवाही, श्री भानु माध्यामिक विद्यालय रतनपुर र वडा नम्बर १ स्थित श्री माध्यामिक विद्यालय गिचियानीका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि गराइएकोे हो ।
नगरप्रमुख दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई आगामी एसईई परिक्षाको तयारी के कसरी गर्ने भन्ने सम्बन्धमा सिकाइएको थियो । विषय शिक्षकहरुले विद्यार्थीहरुलाई परिक्षा हलभित्र कसरी समय व्यवस्थापन गर्ने तथा कसरी उत्तर लेख्ने लगायतका विषयमा अभिमुखिकरण गरेका नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले यस वर्षको एसईई परिक्षामा नगरपालिकाले नतिजामा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरुलाई उत्कृष्ट अंक ल्याउनेगरी अध्ययन गर्न आग्रह पनि गरे । उनले विगतको भन्दा नगरपालिकाको शिक्षाको स्थिति सुधार हुँदै गइरहेको पनि उल्लेख गरे ।