तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकीकरण तालिम सञ्चालन

काठमाण्डौ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकीकरण तालिम सञ्चालन गरेको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्रले सञ्चालन गरेको सात दिने आवासीय कृषि यान्त्रिकीकरण तालिम राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवामा सुरू भएको हो ।

वैज्ञानिक एवम् व्यावसायिक कृषिबाट कृषिको उत्पादन, उत्पादकत्व वृद्धि हुने, युवालाई रोजगार सिर्जना गर्ने, वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउने उद्देश्यले उद्यमी किसान र बेरोजगार युवालाई वैज्ञानिक कृषि प्रविधिबाट प्रशिक्षित गरिने तालिम संयोजक इन्जिनियर गङ्गाराम भण्डारीले बताउनुभयो ।

तालिममा सहभागिताका लागि गएको पुसमा सार्वजनिक सूचनामार्फत आवेदन माग गरिएको थियो । ६४ जनाको आवेदन परेकोमा २० जना युवा उद्यमी छनोट गरी सहभागी गराएको राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीमत श्रेष्ठले जानकारी दिनुभयो ।

एक हप्तासम्म चल्ने तालिममा झापादेखि कञ्चनपुरसम्मका १४ वटा जिल्लाका किसान सहभागी छन् । तालिममा कृषि यान्त्रिकीकरण, कृषि औजाररउपकरण सञ्चालन, मर्मतरसम्भार, सिँचाइ, थोपा सिँचाइ, फोहोरा सिँचाइ, टनेल खेती, बाली संरक्षण, स्प्रेयर, पोस्टहार्भेस्ट, कस्टम ह्यारिङ्ग, यन्त्र तथा चालकको सुरक्षालगायतका विषय समावेश छन् ।