सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज सुनको मूल्य बढेर प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो । चाँदी प्रतितोला रुपैयाँ १ हजार ९ सय ४० मा कारोबार हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।